२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं – २८ वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रम भाद्र २९ गते


प्रकाशित: सोमवार, २५ भाद्र २०८०, २०ः४० बजे
- रचना शाही खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २८ को जेष्ठ नागरिक सम्मान कार्यक्रम भाद्र २९ गते हुने भएको छ । 


वडा २८ को आयोजनामा तथा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र र महिला सञ्जालको सह–आयोजनामा जेष्ठ नागरिक नागरिक सम्मानित हुन लागेको हो । 


भाद्र २९ गते शुक्रवार कामपा २८ वडा भित्र बसोवास गर्ने ७५ बर्षमाथि (२००५ असोज मसान्तसम्म जन्म भएका) का स्थानीय जेष्ठ महिला तथा पुरुषहरुलाई सम्मान गर्न लागिएको कार्यक्रम सह–आयोजक समितिका सदस्य अजय खड्गीले जानकारी दिए ।


भाद्र २७ गतेसम्म निःशुल्क रुपमा वडा २८ तथा सामुदायिक सेवाको कार्यालयमा नाम दर्ता गर्न सकिने छ । 


काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुुनिता डंगोलको प्रमुख आतिथ्य र कार्यक्रम आयोजक २८ वडा अध्यक्ष भाइराम खड्गीको विशेष अतिथिमा एकसय जना बढि जेष्ठ महिला तथा महिलारुलाई सम्मान गरिने भएको हो ।


सोमवारसम्म नाम दर्ता गर्नेको संख्या ८५ जना भन्दा बढि भईसकेको र आउने क्रम जारी रहेकोले सय भन्दा बढि हुन सक्ने प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशीले बताए । 
वडाको सभाहलमा विहान ११ बजे गर्न लागिएको सो कार्यक्रम सेवा केन्द्रका महासचिव कमरुद्धिन मियाँले सञ्चालन गर्ने भएको छ ।


यस अघि कार्यक्रम भाद्र २२ गतेको लागि तोकिएका थियो । यसैविच कामपा १६ का वडा अध्यक्ष मुकुुन्द रिजालको असायमिक निधन भएपछि कार्यक्रम स्थगित भएको वडाले सुचना जारी गरेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex