काठमाडौं । काठमाडौं महानगरपालिका वडा– २७ बाट विभिन्न क्षेत्रमा योगदान पुराएका स्थानीय व्यक्तित्वहरुलाई आइतवार एक कार्यक्रम विच सम्मान गरिएको छ ।
काठमाडौं महानगरपालिकाका कार्यबहाक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा उनीहरुलाई विशेष सम्मान गरिएको हो ।

वडा अध्यक्ष योगेशकुमार खड्गीले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका स्थानीय व्यक्तित्वहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको जानकारी दिए ।
काठमाडौं– १७ वडा अध्यक्ष एंव महानगर प्रवक्ता नविन मानन्धर विशेष अथितीको रुपमा रहेको यस कार्यक्रमा सम्मानित हुनेहरुमा शिक्षा, स्वास्थ्य, कला, संस्कृति, प्रशासन, खेलकुद, प्राविधिक तथा सामाजिक सेवाजस्ता विविध क्षेत्रमा उल्लेखनीय योगदान व्यक्तित्वहरु छन ।

वडाबाट सम्मानित हुने व्यक्तित्वहरूमा ओमेगा औषधि उद्योगका सञ्चालक महेश प्रधान, सह–प्राध्यापक तथा समाजसेवी रिना बानियाँ, नागरिक विभाग एक्स्ट्राफिक कन्ट्रोलका रवि कसाकार, वनस्पति शास्त्र एवं भुजल विज्ञ तथा हस्तकला व्यवसायी स्वम्भू रत्न तुलाधर, वायु सेवा निगमका एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर द्धवारिका प्रसाद राजभण्डारी, सितार वादक तारावीर सिंह तुलाधर, फोटोग्राफर तथा सिनेमाटोग्राफर निर्देशक रवि सायमी, नागरिक उड्डयनका अनुभवी पाइलट मनिसरत्न शाक्य, गणित शिक्षाविद् संग मा तुलाधर, मिसाम्हा द्यः पाला संस्थासँग आबद्ध सहनशीला शर्मा, नेपाल भाषा तथा सांगीतिक कला क्षेत्रका कलाकार गौतमरत्न तुलाधर, दन्त चिकित्सक डा. मनिषरत्न बज्राचार्य, मधुमेह तथा इन्डोक्राइन विशेषज्ञ डा. मनिलरत्न बज्राचार्य, ईएनटी विशेषज्ञ डा. संगीता श्रेष्ठ, शिक्षाविद् डा. सुमन कमल तुलाधर, शिक्षा मन्त्रालयका सह–सचिव गहेन्द्रलाल प्रधान, राष्ट्रिय महिला फुटबल टोलीका कोच श्री प्रकाश बैद्य तथा त्रिभुवन विश्वविद्यालय फाइन आट्र्स क्याम्पसका क्याम्पस प्रमुख कृष्ण मानन्धर रहेका छन ।

यस्तै, वडाले शास्त्रीय संगीत क्षेत्रका हुत राज झा, सामाजिक, आर्थिक तथा सांस्कृतिक सेवामा योगदान पुर्याएका द्रव्यमान सिंह तुलाधर, नेपाल ट्रान्सपोर्टसँग सम्बन्धित लँुपौरत्न तुलाधर र करुणरत्न तुलाधर तथा प्राध्यापक शंकर प्रसाद प्रधान मरणोपरान्त सम्मान गरेको छ ।
त्यसैगरी, वडाको नेतृत्व सम्हाल्दै महत्वपूर्ण योगदान पुर्याएका पूर्व वडा अध्यक्षहरू साधना प्रधान, भुवन प्रधान, हरि नारायण महर्जन, हरि बहादुर श्रेष्ठ, सागर मिश्र, अमर वीर सिंह तुलाधर लगायतलाई पनि मरणेपरान्त सम्मान गरिएको छ ।

वडाले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मानमार्फत उनीहरूको कार्यको कदर गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्य राखेको जनाएको छ ।
Categorized in वडा