२२ बैशाख २०८१, शनिबार
Header

काठमाडौं – २४ वडाको निःशुल्क स्वास्थ्य शिविरमा ३७७ जनाले जाँच गराए


प्रकाशित: मंगलवार, २३ माघ २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २४ को आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 


मंगलवार मखन टोलको सिंहदुवामा आयोजित सो स्वास्थ्य शिविरमा ३७७ जनाले स्वास्थ्य जाँच गराएको वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिए । 


वि.पी. नेत्र प्रतिष्ठानको प्राविधिक सहयोग र कामपा २४ को सामुदायिक शहरी स्वास्थ्य केन्द्रको आयोजनामा निःशुल्क, आँखा तथा नाक, कान, घाँटीको उपचार शिविर राखिएको थियो । 


अध्यक्ष राजभण्डारीको अनुसार सो सिविरमा २४० जनाले आँखा जाँच गरएका थिए बाँकीले नाक, घाटी, कान देखाएका थिए । 


२ सय जनालाई निःशुल्क चश्मा वितरण गरिनुका साथै आवश्यक औषधीहरु पनि उपलव्ध गराएको अध्यक्ष राजभण्डारीले बताए । 


उनले वडाले हरेक महिना स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउँदै आगामी महिना दन्त शिविर सञ्चालन गर्ने योजना रहेको पनि सुनाए । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD