२१ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं – २२ वडाको पहलमा धरहरामा निःशुल्क पार्किङ सुरु


प्रकाशित: शुक्रवार, २६ असोज २०८०, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका – २२ वडाको पहलमा धरहराको भूमिगत पार्किङमा निःशुल्क पार्किङ सेवा सुरु गरिएको छ । 


वडा अध्यक्ष चिनिकाजी महर्जनले काठमाडौंको जामलाई व्यवस्थितसँगै कम गर्ने उद्देश्यले धरहरामा पार्किङ सेवा सुरु गरेको जानकारी दिए । 


‘धरहरा सुन्धारामा राम्रो हुुनुपर्छ भन्ने चाहाना राख्ने साथीहरुको सहयोग छ, त्यसको नेतृत्व चाही २२ वडाले गरिरहेको छ, अहिले १५ जना सरक्षाकर्मीहरु राखिएको छ, सिसि क्यामेरा जडान भईरहेको छ ।’ उनले भने । 


नजिकिँदै गएको वडा दशै, तिहार, नेपाल संवत ११४४ तथा छठ पर्वको अवसरमा असोज २१ गतबाट धरहरमा निःशुल्क पार्किङ सेवा गरिएको उनले बताएका छन ।

 
पार्किङ व्यवस्थापनको लागि पाँको युुथ क्लव, साधारण क्लव, त्वाःछे परिवार, भुुँला सुधार समिति र खिचापोखरी युुथ क्वलले गरेको छ । 


सो पार्किङमा १ सय वडा गाडी र २ सयवाटा मोटरसाईकल पार्किङ गर्ने वडाले जनाएको छ । 


निःशुल्क पार्किङको लागि महानगरले मासिक बजेटको पनि व्यवस्था गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD