२४ बैशाख २०८१, सोमबार
Header

काठमाडौं – २१ वडा भित्र दमकल छिर्न नसक्ने गल्लीमा फायर फाइटिङ्ग पाइपको सफल परीक्षण


प्रकाशित: शुक्रवार, २० पुस २०८०, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नंं २१ को दमकल छिर्न नसक्ने गल्लीमा फायर फाइटिङ्ग पाइप लाइन (ड्राइ राइजर) को सफल परीक्षण गरिएको छ । 


वडाको ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्म दमकल छिर्न नसक्ने गल्लीमा वडाले जडान गरेको १३० मिटर लामो फायर फाइटिङ्ग पाइप लाइनमा वारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरुले परीक्षण गरेका हुन । 


अग्नि नियन्त्रक नरेशराज कुँवरका अनुसार १३० मिटर लामो पाइप लाइनको दुवैतिर इनलेट राखिएको छ ।


आगलागीको स्थानमा नजिक पर्ने कुनै पनि आउटलेटबाट पाइप जोडेर आगो नियन्त्रण गर्न सकिने कुँवरले बताए । 


‘८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुगेको थियो ।’ उनले भने । 


वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले आगामी बर्ष अरु गल्लीहरुमा पनि प्रणाली जडान गर्ने बताए । यस प्रणाली जडानको लागि वडाले करिब ८ लाख रुपैयाँ लगानी गरेको छ ।  


दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD