२४ बैशाख २०८१, सोमबार
Header

काठमाडौं सुनचाँदी व्यवसायी संघको अध्यक्षमा रोहिना देवि शाक्य निर्वाचित


प्रकाशित: शनिवार, ३ चैत्र २०८०, २०ः४० बजे
- रचना शाही खड्गी

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघको अध्यक्षमा रोहिना देवि शाक्य निर्विरोध निर्वाचित भएकी छिन । 


अध्यक्षको शाक्यको अध्यक्षतामा २२ सदस्य नयाँ कार्यसमिति चयन भएको संघले जनाएको छ । 


यस अघि सुरेश शाक्य अध्यक्ष रहेका थिए । 

 


शनिवार काठमाडौंको दरवारमार्गमा सम्पन्न २१ औं साधारणसभा तथा सातौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।


कार्यसममितिमा ३ जना उपाध्यक्ष चयन भएको छ । उपाध्यक्षहरुमा उपेन्द्रकाजी शाक्य, मुक्तिरत्न बज्राचार्य र दशरत्न बज्राचार्य निर्वाचित भएका छन ।

 
त्यसैगरी, सचिव लेखरत्न शाक्य, कोषाध्यक्ष रमेशमान शाक्य, सह–सचिव अभिषेक शाक्य, सह–कोषाध्यक्ष पद्मेश शाक्य चयन भएका छन ।


सदस्यहरुमा सूूर्यरत्न बज्राचार्य, सुरेन्द्रकाजी शाक्य, सुजेन शाक्य, निकेशरत्न शाक्य, मनिष शाक्य, उजिना शाक्य, मोहिनी शाक्य, सञ्जयरत्न शाक्य निर्वाचित भएका छन । 


त्यसैगरी, माणिकरत्न बज्राचार्य, रविन्द्र शाक्य, कबिर चन्द्र शाक्य, सन्दीप शाक्य र महिला सदस्यमा अरुण श्रेष्ठ चयन भएको छ । 

 


निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले खादा ओढाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिए ।

 
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सो कार्यक्रमको शुुभारम्भ भएका थिए । 


मन्त्री श्रेष्ठले यस व्यवसायिक संघले लामो सयमदेखि सुनको कोटा बढाउने मागलाई सम्बन्धीत निकायमा लगिदिने प्रतिवद्धता व्यक्त गरेका थिए । 
 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD