५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं विभिन्न स्थानबाट नगद, गहना तथा जिन्सी गरी ९ लाख बराबरको धनमाल चोरी


काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट नगद, गहना तथा जिन्सी गरी करिब ९ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।


काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने अर्घाखाँची घर भएका २२ वर्षीय डायमण्ड खनालको कोठाबाट सोमबार कोही नभएको अवस्थामा करीब १ लाख ३७ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको छ ।


यसैगरी बुढानिलकण्ठ नगरपालिका–१२ खरीबोटस्थित कमला लम्साल बुढाथोकीको घरबाट सोमबार कोही नभएको अवस्थामा नगद ८४ हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करीब १ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

 
यसैगरी काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित अमृत साईन्स क्याम्पसमा संचालित होस्टेलको मेसको काउन्टरबाट सोमबार नगद १ लाख १३ हजार २ सय ९५ रुपैयाँ चोरी भएको छ ।

 
यसैगरी बुढानिलकण्ठ नगरपालिका–७ हेपाली हाइटस्थित डेरा गरी बस्ने मुस्ताङ घर भएकी ५२ वर्षीया सुमित्रा गौतमको कोठाबाट सोमबार कोही नभएको अवस्थामा सुनका विभन्न गहना, घडी ६ थान  र मोबाइल १ थान गरी करीब ५ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex