५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं वडा १७ मा नेपाली कांग्रेसका वडा अध्यक्षमा मानन्धर दोहोरिए


प्रकाशित: विहिवार, १२ जेठ २०७९, ०९ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १७ मा नेपाली कांग्रेसको प्यानलै बिजयी भएका छन । 


विहिवार विहान मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले मतपरिणाम सवार्जन गरे अनुसार वडा १७ मा नेपाली कांग्रेसका नविन मानन्धर वडा अध्यक्षमा निर्वाचित भएका छन । 


मानन्धरले २ हजार ७०८ मत पाएका छन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मचाराजा महर्जनले १ हजार ४३१ मत पाएका छन । निर्वाचित मानन्धर यस अघि पनि वडा अध्यक्ष थिए । 


महिला सदस्यमा कमला महर्जनले २ हजार १३० मत प्राप्त गरी निर्वाचित भएकी छिन । उनकी प्रतिस्पर्धी एमालेकी लक्ष्मी बज्रचार्य गुभाजुले १ हजार ३४४ मत पाएकी छिन । 


दलित महिला सदस्यमा कविता दासले २ हजार ३०७ मत पाएर निर्वाचित भएकी छिन । त्यसैगरी पुरुष सदस्यहरुमा जितेन्द्र खड्गे र शम्भु पोडे निर्वाचित भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex