४ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं वडा ११ मा कांग्रेसको प्यानलै बिजयी


प्रकाशित: आईतवार, ८ जेठ २०७९, २०ः४० बजे  
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पनि नेपाली कांग्रेसका हिरालाल तण्डुकार विजयी भएको छ । 


महानगरको वडा नम्बर ११ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । वडा अध्यक्षमा निर्वाचित तण्डुकारले १ हजार ५५५ मत पाएका छन । 


उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका योगेन्द्रमान श्रेष्ठले ९५० मत पाएर दोस्रो भएका छन । 


महिला सदस्यमा आशा श्रेष्ठले १ हजार ५३४ पाइएर बिजयी भएकी छिन । उनका प्रतिद्धन्द्धी एमालेकी मायादेवी महर्जनले ८५४ मत पाएकी छिन ।


त्यसैगरी दलित महिला सदस्यमा यसोमति परियार १ हजार ६३४ मत पाई निर्वाचित भएकी छिन उनकी प्रतिस्पर्धी एमालेकी रानु परियारले ७४१ मत पाएकी छिन । 


पुरुष सदस्यहरुमा दिपेश राउत क्षेत्रीले १ हजार ४९६ मत पाएर बिजयी भएका छन भने उनका प्रतिस्पर्धी एमालेका मधुशुदन श्रेष्ठले ६७८ मत पाएका छन । 


त्यसैगरी दुुई रुख भएका सरोज कुमार मुल्मीले १ हजार ३०७ मत पाई बिजय भएका छन । दुुई सूूर्य भएका संजिवमान सिंह डंगोलले ६८४ मत पाए ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD