१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं वडा नं. ३ र ५ मा एमाले वडा अध्यक्ष उम्मेदवार विजयी


प्रकाशित: बुधवार, ४ जेठ २०७९, १०ः०० बजे
- महानगरखवर

काठमाडौ । काठमाडौं महानगरपालिकाको वडा नं. ३ र ५ को मतगणना सम्पन्न भएको छ । 


बुधवार विहान मुख्य निर्वाचन अधिकृतको कार्यलयले सार्वजनिक गरेको अपडेड अनुसार ३ र ५ वडामा एमालेका वडा अध्यक्ष उम्मेदावर बिजयी भएका छन ।


वडा ३ मा एमालेका प्रेम थापाले २ हजार २३८ मत ल्याए आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेश अधिकारीलाई पराजित गरेका छन । राजेशले १ हजार ४९१ मत प्राप्त गरेका छन । 


महिला सदस्यमा सिता थापाले २ हजार २३४ मत ल्याई महिला वडा सदस्य जितेका छिन । त्यसैगरी दलित महिला सदस्यरुमा एमालेकी सर्मिला परियारले २ हजार २८७ मत ल्याई बिजयी भएकी छिन भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसकी रचना परियारले १ हजार ५६५ मत लाएकी छन ।


पुरुष सदस्यहरुमा एमालेका राज चालिसेले २ हजार २३७ मत ल्याई विजयी भएका छन । दुई छाप सुर्य भएका केशव श्रेष्ठले २ हजार १५५ मत ल्याई वड सदस्य जितेका छन । 


उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दोर्जे शेर्पाले १ हजार ३३८ र दुई छाप रुखका धर्म महर्जनले १ हजार ४९६ मत ल्याएका छन । 


त्यसैगरी वडा ५ मा पनि एमालेका वडा अध्यक्ष उम्मेदवार विरेन्द्र प्रजापति  १ हजार ८१८ मत प्राप्त गरी वडा अध्यक्षमा बिजयी भएका छन । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका रमेश डंगोलले १ हजार ५७५ मत ल्याएका छन । 


महिला सदस्यमा भने नेपाली कांग्रेसकी मिना सिंहले १ हजार ६११ मत ल्याई बिजयी भएकी छिन । उनका प्रतिस्पर्धी नेकपा एमालेकी पंचमाया मुनिकारले १ हजार ५३८ मत ल्याएका छन । 


दलित महिला सस्यमा एमालीकी आरती सुनारले १ हजार ५८८ मत ल्याई बिजयी भएकी छिन । नेपाली कांग्रेसकी रमा नेपालीले १ हजार ५५० मत लाएका छन । 


पुरुष सदस्यहरुमा नेपाली कांग्रेसका बिजय कर्मचार्य बिजय भएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD