काठमाडौं । सोमबार विहान काठमाडौं उपत्यका लगायत देशका विभन्नि ठाउँमा हल्का बर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका कारण बिहान हल्का वर्षा भएको हो । वायु प्रभाव दिनभरनै हुन सक्ने भएपनि बेलुका मौसममा सुधार आउन सक्ने विभागले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भूभागहरुमा भने हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना देखिएको विभागले जानकारी दिएको छ ।
मौसम विभागका अनुसार हुम्लामा आईतवार रातीदेखि नै हिमपात परेको छ । त्यहाँको तापक्रम माईनस १५ डिग्री पुगेपछि स्थानीवासीहरु शरिरमा तापक्रम बढाउनको लागि न्यानो कपडादेखि लिएर आगोको खोजीमा रहेको छन् ।
यता काठमाडौ उपत्यकामा बर्षा भएपनि तापक्रम माइनस डिग्रीमा नझर्ने मोसम विज्ञको भनाई छ । सोमबार हल्का बर्षाकै विचमा पनि तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ ।
यस अघि काठमाडौंको तापक्रम सुन्य डिग्रीमा पुडिसेको छ ।
Categorized in समाज