६ जेठ २०८१, आइतबार
Header

काठमाडौं र ललितपुरको यी क्षेत्रहरुमा शुक्रवारदेखि सोमवारसम्म विद्युत आपूर्ति बन्द हुने


प्रकाशित: विहिवार, २९ भाद्र २०८०, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र ललितपुरका केही स्थानहरुमा शुक्रवारदेखि सोमवारसम्म विद्युुत आपर्ति बन्द हुने सुचना जारी गरेको  छ ।


विहिवार प्राधिकरणको लप्सीफेदी तथा चांगुुनारायाण सवस्टेशन निर्माण आयोजनाले एक सुचना जारी गरी टेकु सबस्टेशनको स्तरोन्नती कार्यको लागि भइरहेको कामको कारण भाद्र २९ गते शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।


तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न यी क्षेत्रहरु विद्युतलाईन बन्दबाट प्रभावित हुने भएको छ । 


६६ केभी  स्युचाटार–टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुँदा कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत ६६ के.भी. पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के ३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के२) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने छ । 


शनिवार विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ६६ केभी स्युचाटार पाटन प्रसारण लाइन अन्तर्गत पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने छ । 


६६ केभी स्युचाटार के३ शनिवार दिउँसो ३ देखि ५ बजेसम्म  सटडाउन गरिँदा कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के२ ) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू बजेसम्म बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD