१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं र ललितपुरको खानेपानी उद्योगमा अनुगमन, ४ टयांकर नियन्त्रणमा 


प्रकाशित: शनिबार, ३० भाद्र २०७५, १०ः२३ बजे
- महानगरखबर

काठमाडौं । खानेपानी मन्त्रालयको अनुमगन टोलीले शनिवार बिहानैदेखि काठमाडौ र ललितपुरको खानेपानी उद्योगहरुमा अनुमगन गरिरहेको छ । 


काठमाडौमा उपत्यका खानेपानी वोर्डका इन्जिनियर बोधराज दाहालको टोली अनुगमनमा खटिएको छ । सो टोलीले बौद्ध–जोरपाटी क्षेत्रबाट स्टिकर नलगाएको ४ वटा टयांकरलाई नियन्त्रणमा लिएको छ । 


टोलीले ८ वटा उद्योगमा अनुगमन गरेकोमा कृष्ण खानेपानी उद्योग र गंगा खानेपानी उद्योगमा प्रमाणपत्र नराखेको भेटिएको छ । 


नेपाल ड्रिङ्क्स प्रालि, गोकर्णेश्वर ग्रुप प्रालि, बनदेवी खानेपानी उद्योग, गंगा खानेपानी उद्योग, कृष्ण खानेपानी उद्योग, सुप्रिया ट्रेडर्स प्रालि, होलिडे टाग र धौलागिरि खानेपानी उद्योगमा अनुगमन गरेको थियो । 


त्यसैगरी ललितपुरमा मन्त्री विना मगरको नेतृत्वमा खाने पानी मन्त्रालयको ५ वटा टोली परिचालित छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD