काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज शनिवार काठमाडौंको विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
प्राधिकरणका अनुसार काठमाडौंको जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा विद्युत अवरूद्ध हुने भएको हो ।
जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानी–साझाबारी आसपासका स्थानमा एचटी लाइन स्थानान्तरण कार्यका लागि फिडर सटडाउनमा राखिने भएकोले बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।
त्यस्तै बानेश्वर वितरण केन्द्रको इमाडोल फिडर अन्तर्गत पर्ने कोटेश्वर–सहयोगीनगर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । ती क्षेत्रमा एसिएसआर अपग्रेडिङका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।
ललितपुरमा पुल्चोक वितरण केन्द्रको कुपनडोल फिडर अन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार, छबाल एरियामा मध्याह्न १२ बजेदेखि दिउँसो साढे २ बजेसम्म सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।
22 March 2025, Saturday
Categorized in प्रबिधि