१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं र काभ्रेबाट नक्कली नोट छाप्ने चार जना पक्राउ


प्रकाशित: विहिवार, २४ पुष २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नक्कली नोट छापी कारोवार गर्ने चार जनालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । 


टोलीले उनीहरुलाई काठमाडौं र काभ्रेका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । 


पक्राउ पर्नेमा सल्यानका कमल भनिने कोवाराम बुढाथोकी, काभ्रेका बलबहादुर राना, डोटीका आर्यान खड्का र धनुकुटाका छत्रबहादुर लिम्बु रहेका छन ।


सीआईबी टोलीले उनीहरुलाई ४ लाख १३ हजार नक्कली नोटसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । 


पक्राउ परेका बुढाथोकीबाट २ लाख ९८ हजार, बलबहादुरबाट ९० हजार नक्कली नोट र खड्काबाट २५ हजार नक्कली नोट बरामद भएको छ  । 


साथै उनीहरुबाट कलर फोटोकपी मेसिन, एउटा पेपरमा ४ वटा नोट अटाएर फोटोकपी गरेका ३५ थान पेपर बरामद गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD