२१ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं युनेस्को को फिल्म रचनात्मक सहरको सुचिमा


प्रकाशित: मंगलवार, १४ कातिक २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं सहर लाई राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले ‘फिल्मको रचनात्मक सहर’को रुपमा सूचीकृत गरेको छ । 


युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ सहर सूचीकृत गरेको हो । 


यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत समावेश रहेको क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जनाएको छ ।


युनेस्कोका अनुसार सूचीकृत नयाँ सहरले जलवायु परिवर्तन, बढ्दो असमानता र द्रुत सहरीकरणजस्ता विकसित खतराको सामना गर्न नेटवर्क सदस्यहरूसँग सहकार्य गर्ने छ । 


सन २०५० सम्म विश्वको ८० प्रतिशत जनसंख्या सहरमा बसोबास गर्ने उल्लेख छ ।


संस्कृतिमा पहुँच बढाउने, सहरी लचिलोपन र विकासको लागि रचनात्मकताको शक्ति बढाउने सन्दर्भमा हाम्रो क्रिएटिभ सिटीज नेटवर्कका सहरले नेतृत्वदायी भूमिका निर्वाह गर्ने युनेस्कोले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD