१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं मेयर शाक्यद्वारा मदन भण्डारी पार्क शिलान्यास 


प्रकाशित:   शुक्रवार, ३१ साउन २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले कंलकीमा मदन भण्डारी पार्कको शिलान्यास गरेको छ । 


नगर—नगर साझेदारि कार्यक्रमअन्तर्गत बिहीबार चन्द्रगिरी नगरपालिका वडा १३ मा पर्ने कंकाली मन्दिर परिभ्रमण क्षेत्रमा मदन भण्डारी पार्क शिलान्यास गरेको हो । 


मेयर शाक्यले छिमेकी नगरको बिकासका लागि काठमाडौं जिल्लाका सबै नगरलाई जनही एकरएक करोड रुपैयाँ दिएका छौं । यसबाट पार्क निर्माण तथा हरियाली प्रबर्धन र सार्वजनिक जग्गा संरक्षणका लागि काम हुने हामीले बिश्वाश लिएको बताए ।


पार्क शिलान्यासका क्रममा मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, चन्द्रागिरीका प्रमुख घनश्याम गिरीले जगमा इटा राखेका थिए भने संघीय संसद सदस्य कृष्ण गोपाल श्रेष्ठले बिरुवा रोपेका थिए । 


शिलान्यास कार्यक्रममा बोल्दै चन्द्रागिरी नगरका प्रमुख घनश्याम गिरीले पार्क करीब ५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको जानकारी दिए । 


काठमाडौं महानगरले उपलब्ध गराएको १ करोड रुपैयाँ र चन्द्रागिरीले बिनियोजन गरेको १ करोड रुपैयाँ मिलाएर २ करोड रुपैयाँ लगानीमा पार्क निर्माण थालनी गरिएको जानकारी नगरप्रमुख गिरीले बताए ।

 

सो कार्यक्रममा वडा १३ का अध्यक्ष बालमुकुन्द बिडारी, दलीय प्रतिनिधि राजु श्रेष्ठ, कानुनी सल्लाहकार सञ्जिव आचार्यले बोलेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD