९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानरले कक्षा ८ को परीक्षा केन्द्रहरु तोके (सुचि)


प्रकाशित: आइतवार, ३ चैत्र २०८१, १०ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा केन्द्रहरु तोकेको छ ।

 
चैत्र ७ गते सञ्चालन हुन गईरहको अधारभूत परीक्षा (कक्षा ८) परीक्षाका लागि ५६ वटा केन्द्रहरु रहेका छन । 


महानगरले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुलाई आधारभूत तह परीक्षामा विशेष सहुलियतसहित सहभागी गराउने भएको छ । 


शिक्षा नियमावली, २०५९ को नियम ४७ बमोजिम दृष्टिविहिन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि निजले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाइनेछ ।


यस्ता विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछन् । 


विकासात्मक अपाङ्गता भएका बालबालिकालाई क्षमता सम्बन्धी सहायता आवश्यकता परेमा वा प्रश्नपत्र तथा परीक्षामा लेख्न समस्या भएमा त्यस्ता बालबालिकाका लागि विद्यालयले व्यक्तिगत सहयोगको व्यवस्था मिलाउन सक्नेछन् । 


परीक्षा केन्द्रहरु थाहा पाउन यहाँ क्लिक गर्नुहोस

 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex