१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगर साक्षर नगर घोषणा


प्रकाशित: सोमवार, २१ भाद्र २०७८, १९ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरलाई सोमवार एक औपचारिक समारोहविच साक्षर नगर घोषणा गरिएको छ । 


पद्मोदय माध्यमिक विद्यालय, प्रदर्शनी मार्गमा आयोजना गरिएको सो समारोहविच महानगरलाई ‘सांस्कृतिक सहर, साक्षर काठमाडौँ महानगर’ घोषणा गरिएको हो । 


महानगरमा साक्षरता प्रतिशत ९६.६० छ । केन्द्रीय तथ्याङ्क विभागअनुसार ०६८ सालमा काठमाडौँ महानगरमा ८८.५२ प्रतिशत साक्षर थिए ।


स्थायी बसोबास भएका १५ बर्षदेखि ६० बर्ष उमेर ९५ प्रतिशतभन्दा धेरै व्यक्ति भएपछि त्यस्ता क्षेत्रलाई साक्षर घोषणा गरिन्छ । 


सो अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले साक्षरतालाई शतप्रतिशत बनाउन आफ्नो जोड बताए । शाक्यले भने, ‘ अहिलेको प्रगतिलाई हामी बढाउँदै लैजान्छौँ । सामुदायिक सिकाइ केन्द्रको संख्या थपेर निरक्षरलाई साक्षर बनाउँदै लैजान हामीले नीति र बजेटको व्यवस्था गरेका छौँ ।’ 


उपप्रमुख हरिप्रभा खड्गीले साक्षरतामा प्रगति भएपछि सहरी विकासको सूचकमा एक फड्को पूरा भएको बताईन । साक्षर हुनेलाई साक्षरोत्तर कार्यक्रम सञ्चालन गर्नु पर्छ । यसका लागि महानगरले काम गर्ने खड्गीले भनाई राखिन । 


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले, अहिले अन्य पालिकाहरु पनि साक्षर घोषणा गर्ने अभियानमा रहेको उल्लेख गरे । 


कार्यक्रममा शिक्षा अधिकारी रामप्रसाद सुवेदी, शिक्षा समन्वय इकाइका प्रमुख नन्दलाल पौडेल, शिक्षा अधिकृत मोती भट्टराईलगायत वक्ताले साक्षर व्यक्तिहरुले स्तरीय जीवन व्यतीत गर्नुलाई यसको थप प्रगतिको सूचकका रुपमा हेर्नुपर्ने बताए । 


महानगरको वडा १८ लाई यसअघि नै साक्षर वडा घोषणा गरिसकिएको थियो । वडा २४ मा निरक्षर नरहेको शिक्षा अधिकृत भट्टराई जानकारी दिए । ३२ वटा वडामध्ये १०, २८ र ३० मा साक्षरताको प्रतिशत ९९ छ । यिनीहरु सबैभन्दा धेरै साक्षरता भएका वडा हुन । सबैभन्दा कम साक्षरता भएको वडा १४ हो । यस वडामा साक्षरताको प्रतिशत ९० छ ।


शिक्षा विभागकाअनुसार वडा २, ७, ११ र २७ गरी ४ वटा वडामा ९८ प्रतिशत, वडा ३ र १६ गरेर २ वटा वडामा ९७ प्रतिशत साक्षर छन् । वडा १३ मा ९७।४६ प्रतिशत साक्षर छन । 


वडा १, ५, ६, १५, १७, १९ र २४ गरी ७ वटा वडामा ९६ प्रतिशत साक्षर छन् । वडा ८, ९, २१, २६, २९ र ३१ गरी ६ वटा वडाको साक्षरता प्रतिशत ९५ प्रतिशत हो । वडा २० मा ९५।२५ प्रतिशत र वडा ३२ मा ९५।५ प्रतिशत साक्षर छन् । वडा ४ र १२ गरी २ वटा वडामा ९४ प्रतिशत साक्षर छन ।


साक्षरता अभियानमा सहयोग पु¥याउने सामुदायिक सिकाइ केन्द्रलाई घोषणा कार्यक्रममा सम्मान गरिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD