४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगर सडकमा छरिएको तार व्यवस्थापन गर्दै


प्रकाशित: शुक्रवार, २७ पुष २०७५, ११ः१० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका सडक, पोलमा यत्रतत्र अव्यस्थित रुपमा छरिएर रहेको तार व्यवस्थापन कार्यमा जुटेको छ । 


सहरलाई सुन्दर बनाउने अभियानमा लागेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोले जानकारी दिएका छन । 


प्रवक्ता डंगोलका अनुसार तार व्यवसथापन गर्ने कार्यलाई बढी महत्वका साथ अगाडी बढाएको छ । अव्यवस्थितरूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेको छ, त्यसैले ती सबै तार हटाउँदै सम्बद्ध निकायलाई आगामी दिनमा जथाभावी तार नराख्न आग्रहसमेत गरेको प्रवक्ता डंगोलले बताए । 


पहिलो चरणमा पुतलीसडक, प्रदर्शनीमार्ग, लौनचौर, सोल्टी होटल जाने बाटो, राष्ट्रपति कार्यालय वरपरका स्थानका तार व्यवस्थापनको काम सकिसकेको प्रवक्ता डंगोलले जानकारी दिए । 


तार व्यवसथापनमा अहिलेसम्ममा मिनी टाटाको ७० टिप तार जम्मा भइसकेको छ । सङ्कलित तारमा सबैभन्दा बढी इन्टरनेट केबल सेवा प्रदायकका तार र टेलिफोनका छन । सङ्कलन भएका तारलाई टेकुमा लगेर राखिएको छ । 


त्यसैगरी महानगरले सडकको बीचमा रहेको खम्बा र आसपासमा भएका जीर्ण रुखका हाँगा हटाउने कामलाई पनि अघि बढाएको छ । वडा नं १६, १७ लगायतका स्थानमा उक्त काम भइरहेको छ भने अन्य वडामा पनि वडाध्यक्षहरूले उक्त काम गरिरहेका प्रवक्ता डंगोलले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex