४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं महानगर वडा ९ मा नेपाली कांग्रेसका रामजी भण्डारी निर्वाचित 


प्रकाशित: सोमवार, ९ जेठ २०७९, १९ः५५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा पनि नेपाली कांग्रेसका रामजी भण्डारी निर्वाचित भएको छ । 


वडा अध्यक्षमा निर्वाचित भण्डारीले २ हजार ७९० मत पाएका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण जइखु श्रेष्ठले २ हजार २९८ मत पाएर दोस्रो भएका छन । 


महिला सदस्यमा एमालेकी सिर्जना भेटवाल २ हजार ३९९ मत पाएकी छिन । उनका प्रतिद्धन्द्धी कांग्रसकी द्रोण खड्का केसीले २ हजार २४४ मत पाएकी छिन ।


त्यसैगरी दलित महिला सदस्यमा एमालेकी रचना सोनामले २ हजार ४१६ मत पाई निर्वाचित भएकी छिन उनकी प्रतिस्पर्धी कांग्रसकी गीता मंग्राती साकीले २ हजार ३९९ मत पाएकी छिन । 


पुरुष सदस्यहरुमा एमालेका टेकराज अधिकारीले २ हजार ४४२ मत पाएर बिजयी भएका छन भने उनका प्रतिस्पर्धी कांग्रेसका राम बहादुर खड्काले २ हजार ९ मत पाएका छन । 


त्यसैगरी दुुई सुुर्य भएका श्रीराम राईले २ हजार ४५२ मत पाई बिजय भएका छन । कांग्रेसका सन्तोष रेग्मीले २ हजार १६२ मत पाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex