१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगर वडा ४ मा प्यानसहित एमाले बिजयी


प्रकाशित: विहिवार, ५ जेठ २०७९, १९ः५० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ४ मा नेकपा एमालेकाको प्यानल सहित बिजयी भएका छन । 


विहिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौँले मत परिणाम सार्वजनिक गरेको छ । 


मत परिणाम अनुसार वडा अध्यक्ष उम्मेदवार दिनेश महर्जन अध्यक्ष पदमा निर्वाचित भएका छन । उनले ४,६०४ मत ल्याएका छन ।


उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार २८९ मत प्राप्त गरेका छन । 

महिला वडा सदस्यमा सन्ध्यादेवी खनालले ३ हजार ९४९ बिजयी भएकी छिन । उनको प्रतिस्पर्धी नेपाली कांग्रेसकी सावित्री थापा (खनाल)ले २ हजार ३३१ पाएर दोस्रो भएकी छिन । 


त्यस्तै दलित महिला सदस्यमा दलित महिला सदस्य पदमा कल्पना सार्की (बयलकोटी) ३ हजार ४५८ प्राप्त गरी निर्वाचित भएकी छिन भने उनको प्रतिस्पर्धी नेपाली कांग्रसकी सीता दमाई नेपालीले २ हजार ४२१ मत पाएकी छिन । 


पुरुष सदस्यहरुमा नविन मैनाली ३ हजार ४५८ र अर्का सरु अधिकारी ३ हजार २६७ मत प्राप्त गरी निर्वाचित भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD