१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगर वडा २५ मा कांग्रेसका राजेश डंगोल बिजयी


प्रकाशित: आईतवार, ८ जेठ २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. २५ मा नेपाली कांग्रेसका राजेश डंगोल अध्यक्षमा निर्वाचित भएका छन ।


डंगोलले ९१३ मत ल्याई बिजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजेश प्रसाद श्रेष्ठले ६४२ मत ल्याएका छन ।  


महिला सदस्यमा नेपाली कांग्रेसकी रुपा प्रजापतिले १ हजार ११७ मत ल्याएर निर्वाचित भएकी छिन । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी मन्जु श्रेष्ठले ७५७ मत पाईन । 


पुरुष वडा सदस्यमा कांग्रेसका कृष्ण प्रजापतिले ९३५ मत पाई वडा सदस्यमा निर्वाचित भएका छन । त्यसैगरी कांग्रसकै वडा सदस्यमा विनोद वीरसिंह तुलाधरले ९३२ मत ल्याई निर्वाचित भएका छन । 


उनका प्रतिस्पर्धी एमालेका रविन्द्रचन्द कंसाकारले ८६५ मत ल्याएका छन । यस अघि यस वडामा नेपाली कांग्रेसकै निलकाजी शाक्य वडा अध्यक्षमा निर्वाचित भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD