काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १९ र २० मा नेपाली कांग्रेसको प्यानलै बिजयी भएका छन ।
बुधवार विहान मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले मतपरिणाम सवार्जन गरे अनुसार वडा १९ मा नेपाली कांग्रेसका राजेश कुमार डंगोल वडा अध्यक्षमा निर्वाचित भएका छन ।
डंगोलले एक हजार २०० मत पाएका छन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रमान मुनिकारले ७४१ मत पाएका छन ।
महिला सदस्यमा रेणुकमल भारती शाहीले १ हजार ३९७ मत प्राप्त गरी निर्वाचित भएकी छिन । उनकी प्रतिस्पर्धी एमालेकी लक्ष्मी हिरा शाक्यले ७०८ मत पाएकी छिन ।
दलित महिला सदस्यमा रञ्तिा परियाले १ हजार ४१५ मत पाएकी छिन । उनकी प्रतिद्धन्द्धी बर्खादेवि पुजारीले ७४८ मत पाएकी छिन । त्यसैगरी पुरुष सदस्यहरुमा चन्द्रमान डंगोल र दिनेशमान जोशी निर्वाचित भएका छन ।
काठमाडौं महानगर पालिका वडा २० मा राजेन्द्र मानन्धर पुन वडा अध्यक्षमा निर्वाचित भएका छन । उनले १ हजार ४७५ मत पाई बिजयी भएका हुन ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका हितकरवीर सिंह ताम्रकारले ६६५ मत पाएका छन । महिला सदस्यमा शोभा देवि मानन्धरले १ हजार २८४ मत पाई निर्वाचित भएकी छिन भने उनकी प्रतिस्पर्धी सरिता मानन्धरले ७६० मत पाएकी छिन ।
दलित महिला सदस्यमा उर्मिला नेपाली शाहीले १ हजार २८१ मत पाई बिजयी भिएकी छिन । त्यसैगरी पुरुष सदस्यहरुमा अनिस चित्रकार र रशेल श्रेष्ठ निर्वाचित भएका छन ।
Categorized in स्थानिय