१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं महानगर र प्रभू बैंकविच ३ वटा ट्राफिक आयल्याण्ड व्यवस्थापन गर्न सम्झौता 


प्रकाशित: मंगलवार, ४ चैत्र २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका र प्रभु बैंकविच रत्नपार्क, जमल र तीनधारा पाठशालाको ट्राफिक आईल्याण्ड व्यवस्थापन गर्न सम्झौता भएको छ । 


मंगलवार महानगर प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवाली र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहमति पत्रमा हस्ताक्षर गरेका छन । 


सम्झौता अनुसार रत्नपार्क, जमल र तीनधारा पाठशाला अघिल्तिर गरी ३ वटा ट्राफिक आइल्याण्डको व्यवस्थापन प्रभु बैङ्क गर्ने भएको छ । 


बैङ्कले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिका ट्राफिक आइल्याण्डमा बगैचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण सम्झौता पत्रमा उल्लेख छ ।


पाँच बर्षसम्मको लागि भएको सो सम्झौता बमोजिम आइल्याण्डमा बैङ्क र महानगरको परिचय झल्कने लोगो राखिनेछ । 


यसमा बिज्ञापन सामाग्री राखिने छैन । आपसी सहमतिमा राखिने डिजिटल बोर्डमा सन्देशमुलक सामाग्री मात्र राखिनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD