१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगर र नेपाली सेनाविच स्वास्थ्य सेवामा सहकार्य


प्रकाशित: विहिवार, ३ पुष २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाली सेनाविच स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्झौता भएको छ । 


काठमाडौं महानगरपालिकाले सेनाले सञ्चालन गरेको बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ.पि.डि. सेवा, आपतकालीन स्वास्थ्य सेवा, मृगौलाका बिरामीहरुका लागि हेमोडाईलासिस सेवा सञ्चालन जस्ता स्वास्थ्य सेवा प्रदान गर्न भएको सम्झौता भएको छ । 


बुधबार एक कार्यक्रमविच सम्झौतामा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाली सेनाका महारथी पूर्णचन्द्र थापाले हस्ताक्षर गरेका छन । 


महानगरका प्रमुख शाक्यले सहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवर्धनका लागि महानगरले अघि बढाएको साझेदारिताअन्तर्गत नेपाली सेनासँग सम्झौता गरिएको बताए । 


सो अवसरमा नेपाल िसेनाका महारथी थापाले स्थानीय सरकारसँग मिलेर जनताका लागि आवश्यक पर्ने अत्याबश्यक सेवा दिन तयार रहेको बताउँदै महानगरबाट थालिएको प्रयास बिस्तार हुँदै जाने भनाई राखे । 


सम्झौताबमोजिम पहिलो चरणमा महानगरको भौगोलिक क्षेत्रभित्र भएका सेरा नेगेटिभका बिरामीहरुलाई बीरेन्द्र अस्पताल छाउनीबाट हेमोडाईलासिस सेवा उपलब्ध गराउनेछ । 


महानगरले शुरुमा १ करोड ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने छ । हेमोडाईलासिसका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक सेनाले योजनासहितको खाका र लागत रकम महानगरसँग माग गर्नेछ । 


सेनाले वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध श्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिनेछ । त्यसलाई बृद्धि गर्दै भौतिक पूर्वाधार लगायतका श्रोत साधन थपेपछि सेवा विस्तार गर्दै लगिनेछ ।


महानगरबासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ ।


पाँच बर्ष सम्म सम्झौताको अवधि हुने छ । यस सम्झौताको अवधि पाँच बर्ष तोकिएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजना गरिएको कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्षसहित महानगरका र नेपाली सेनाका उच्च अधिकारीको सहभागिता थियो ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex