३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगर राहत प्याकेज यस्तो छ


प्रकाशित: मंगलवार, १८ चैत्र २०७६, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले परिवारको संख्याको आधारमा राहत प्याकेज वितरण गर्ने भएको छ । 


महानगरले पारित गरेको राहत मापदण्ड भित्र परेकाहरुलाई राहत वितरणको प्रक्रिया सुरु गरेको छ । 


राहत प्याकेज यस प्रकार हुनेछ । यदि एकजना मात्र व्यक्ति बस्ने रहेछ भने यसका लागि तयार पारिएको प्याकेटमा ४ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र १ किलो तरकारी हुनेछ ।


२ जनादेखि ४ सम्मको परिवार भएमा दोश्रो प्याकेटमा १२ किलो चामल, २ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, २ किलो चिउरा र ३ किलो तरकारी हुनेछ । 


यदि कुनै परिवारमा ५ जनाभन्दा धेरै रहेछन भने उनीहरुका लागि १६ किलो चामल, ३ किलो दाल, १ किलो नुन, १ लिटर तेल, ३ किलो चिउरा र ४ किलो तरकारीको प्याकेट हुनेछ । 


यसका अतिरिक्त वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्था समेत गर्न सक्नेछ ।


महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि राहतवितरण मापदण्ड–२०७६’ स्वीकृत गरेको छ ।


सोमबार बसेको काठमाडौँ महानगरपालिकाले ४३ औं कार्यपालिका बैठकले सो मापदण्ड पारित गरे अनुसार राहात वितरण कार्यलाई अघि बढाउने जनाएको छ । 


बैठकले पारित गरेको मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आय श्रोत नभएका, अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा, मस्जिद जस्ता आश्रम स्थलमा रहेका अरुको सहयोग एवं सहारामा बाँचेका व्यक्तिहरु असहाय भएकोले उनीहरु राहातको मापदण्डमा पर्नेछ ।


त्यसैगरी आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिकी गुजारा गर्न धौधौ भएका र सम्वन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई अति बिपन्न परिवारमा राखिएको छ । 


त्यसैगरी, संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौँ महानगरमा विगतदेखि दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका काठमाडौँमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी मापदण्डले उल्लेख गरेको छ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex