काठमाडौं । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले महानगर क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थालाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS)बाट अनलाइन प्रणाली डिएचआईएस टु DHIS2 मा रूपान्तरण गर्न आवश्यक युजरनेम र पासवर्ड लिन आग्रह गरेको छ ।
महानगरले ३६१ वटा सामुदायिक तथा संस्थागत स्वास्थ्य संस्थालाई यो सुविधा उपलब्ध गराउने तयारी गरेको छ । यसका लागि स्वास्थ्य संस्थाले आफ्नो सञ्चालन इजाजतपत्रको प्रतिलिपि र जिम्मेवार व्यक्तिको नागरिकताको प्रतिलिपि सहित स्वास्थ्य विभागमा सम्पर्क गर्नुपर्नेछ ।
जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार, DHIS2 प्रणालीले मासिक प्रतिवेदन अनलाइनमार्फत व्यवस्थित र प्रभावकारी बनाउनेछ। “पहिले (HMIS) मार्फत जिल्ला जनस्वास्थ्य कार्यालयमा प्रतिवेदन बुझाइन्थ्यो ।
संघीयता लागू भएपछि जिम्मेवारी स्थानीय तहमा आएको हो। अब स्वास्थ्य संस्थाले आफैं डाटा प्रविष्ट गर्नेछन्,” उनले बताए ।
श्रेष्ठका अनुसार, सरकारी स्वास्थ्य संस्थाले प्रतिवेदन नियमित बुझाए पनि निजी संस्थाबाट समयमै डाटा नआउँदा समग्र स्वास्थ्य विश्लेषणमा समस्या आएको छ । DHIS2लागू भएपछि रोगको प्रवृत्ति, उपचारको प्रकार र स्वास्थ्य क्षेत्रमा लगानीको प्राथमिकता निर्धारण गर्न सजिलो हुने उनले बताए ।
महानगरले सबै स्वास्थ्य संस्थालाई आगामी महिनाको १५ गतेभित्र युजरनेम र पासवर्ड लिएर प्रतिवेदन बुझाउन आह्वान गरेको छ। यसबाट स्वास्थ्य तथ्यांक व्यवस्थित, पारदर्शी र समयसापेक्ष हुने अपेक्षा गरिएको छ ।
हेरैं महानगरभित्र रहेको स्वास्थ्य संस्थाहरुः
Categorized in पालिका