११ कार्तिक २०८३, मंगलबार
Binod Yojesh Ram

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेको निलम्बन कार्यान्वयन नगर्न आदेश 


प्रकाशित: बुधवार, ४ असार २०८२, १९ः१० बजे
- महानगरखबर

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पुनः आफ्नो जिम्मेवारी सम्हाल्न पाउने भएका छन ।


उच्च अदालत पाटनले बुधबार उनको निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । 


न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेलाई यथास्थितिमा राखेर काम गर्न दिन अन्तरिम आदेश जारी गरेको हो। 


आदेशमा भनिएको छ, ‘निलम्बनको पत्र कार्यान्वयन नगरी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू/दिलाउनू।’


नगर प्रहरीको परिचालन, निर्देशन र रेखदेखको अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग रहेको स्वीकृत गरे पनि, पाण्डेलाई निलम्बन गर्नुपर्ने अवस्था नरहेको अदालतको ठहर छ ।

 
‘सुविधा र सन्तुलनको दृष्टिले जाँचबुझ समिति अघि बढाउने अवस्था भए पनि तत्काल निलम्बन गर्नु आवश्यक छैन,’ आदेशमा उल्लेख छ।


राजुनाथ पाण्डेलाई जेठ २० गते प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए । चैत २१ गते कार्यालयमा हुलहुज्जत गरेको भन्दै स्पष्टीकरण मागिएको र त्यसको आधारमा कारबाही गरिएको थियो।


निलम्बनविरुद्ध पाण्डेले जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । प्रारम्भिक सुनुवाइपछि अदालतले दुबै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न जेठ २७ गते बोलाएको थियो।


पाण्डेले आफ्नो रिटमा महानगरका प्रमुख, उप–प्रमुख, प्रशासकीय अधिकृत गुरागाईं, नगर प्रहरी बलका निमित्त प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएका छन्।

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika