३० बैशाख २०८१, आइतबार
Header

काठमाडौं महानगर प्रहरीको ज्यादती विरुद्ध युवाहरुको प्रदर्शन


प्रकाशित: बुधवार, २७ असार २०८०, १५ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रहरीको ज्यादती विरुद्ध महानगरपालिका गेट अगाडी प्रदर्शन गरिएको छ । 


बुधवार विहान केही स्वतन्त्र युवाहरुको एक समूहले महानगर प्रहरीले फुटपाथ, साना व्यवसायी, ठेलागाडा, रिक्सा, साईकल व्यापारीहरुविरुद्ध गर्दै आएको ज्यादती विरुद्ध उत्रिएका हुन ।

 
उनीहरुले महानगरले यस किसिमको अमानविय व्यवहार प्रदर्शन गर्न नहुने, ती व्यवासायीहरुलाई विकल्प दिनुपर्ने, गरिखान पाउने हकको सुरक्षा गर्नु पर्ने लगायतका माग राखी प्रदर्शन गरेका थिए । 


महानगर प्रमुख बालेन्द्र साह बालेनले चुनाव अघि गाएको रिमेक गीत ‘गरिबी चमेली बोल्दिने कोही छैन’ बोलको गीत विपरित काम भएको उनीहरुले बताए । 


केही दिन अघि महानगरले केही प्रहरीले गरेको अभद्र व्यवहारविरुद्ध कारवाही गर्दै ७ जना नगर प्रहरीलाई निस्काशन गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD