८ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगर प्रमुख शाक्य सम्मानित 


प्रकाशित: आईतबार, १२ माघ २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दुर शाक्यलाई श्री गणेश श्री भैरव संरक्षण समितिले सम्मान गरेको छ ।


आईतबार एक कार्यक्रमविच वर्तमान तथा भूतपूर्व जीवित श्री गणेश श्री भैरव संरक्षण समितिले महानगरको वडा नं २१ त वहा, लगंमा  प्रमुख शाक्यलाई सम्मान गरेको हो । 


प्रमुख शाक्यले पूर्व गणेश र भैरवको जीविकोपार्जनका लागि अभिभावकत्व ग्रहण गरेकोले सम्मान गरेको समितिले जनाएको छ । 


जीवन्त र राजकीय सस्कृतिका रुपमा मनाइने येँया (इन्द्रजात्रा) पर्वमा जीवित देवीदेवतामध्ये श्री गणेश र श्री भैरवका रुपमा रहेका भएका पूर्व गणेश र भैरवको बिशेष पूजा आराधना गरिन्छ । 


काठमाडौं महानगरले श्री गणेश र भैरवका रुपमा रहनुभएका जीवित देवीदेवताको महत्वलाई ध्यान दिदै मासिक भत्ताको व्यवस्था गरेको छ । 


प्रमुख शाक्यले २०७५ सालबाट पूर्व कुमारीलाई १५ रुपैयाँ र पूर्व गणेश तथा भैरवलाई मासिक १२ हजार रुपैयाँ भत्ता प्रदान गर्न थालिएको छ ।


यस अघि पुर्व कुमारीलाई मासिक १० हजार र पूर्व गणेश तथा भैरवलाई मासिक ८ हजार रुपैयाँका दरले गर्दै आएको थियो । 


महानगरले इन्द्रजात्राको दिगो व्यवस्थापनकालागि काठमाडौं महानगरपालिकाले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा ५ करोड रुपैयाँको अक्षय कोष स्थापना गरिसको छ । 


सो अवसरमा प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठले धर्म, कला र संस्कृतिको स्थायित्वका लागि महानगरले अघि सारेका योजनाको प्रशंशा गरे ।  


कार्यक्रममा वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य, पूर्व जीवित देवीदेवताकातर्फबाट बोल्दै गणेश शाक्यले धारणा राखे । 


त्यस अवसरमा हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका पूर्व प्रमुखहरु, श्री गणेश भैरव खट व्यवस्थापन उप–समितिका सदस्य तथा इन्द्रजात्रामा सहयोग गर्ने विभिन्न व्यक्ति र संघ सस्थालाई समेत सम्मान गरिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD