१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगर प्रमुख शाक्य र उपप्रमुख खड्गीलाई नागरिक अभिनन्दन


प्रकाशित: बुधवार, २५ चैत्र २०७७, ०९ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठलाई नागरिक अभिनन्दन गरिएको छ ।


मंगलवार काठमाडौंको बसन्तपुरमा एक भव्य कार्यक्रमविच नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं शाखाको आयोजनामा महानगरवासीहरुले नागरिक अभिनन्दन गरी सम्मान गरेको हो । 


महानगरभित्रका विद्यालयहरुमा स्थानीय भाषा (नेपाल भाषा) को पाठय्क्रम व्यवहारिक प्रयोगमा ल्याएर स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई उजागर गरेकोमा उक्त अभिनन्दन गरिएको दबूले जनाएको छ । 


महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय भाषाको पाठ्यक्रम लागु गरेसँगै महानगर प्रमुख शाक्यको प्रशंसा गर्नेदेखि सम्मान गर्नेहरु पनि अहिले बढेको छ । 


अभिनन्दन अघि प्रमुख शाक्य र खड्गीश्रेष्ठ लगायत नेपाल भाषा पाठय्क्रम लागु गर्न सहयोग गर्ने टिमलाई ‘नेपा झिगु मांदेय् खः नेपाल भाषा झिगु मांभाय् खः’ अर्थात ‘नेपाल हाम्रो आमा हो, नेपाल भाषा हाम्रो मातृभाषा हो’ लेखिएका व्यानर र नेवारी संस्कृति झल्किने बाजा–गाजासहित काठमाडौँका विभिन्न चोकको परिक्रमा गराइएको थियो ।


सो अभिनन्दन कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेले महानगरले नेपाल भाषा पाठ्यक्रम लागु गरेर स्थानीय सरकारको योग्यता प्रस्ततु गरेको बताए । 


कार्यक्रमलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, नेपाल भाषा कवि दुर्गालाल श्रेष्ठ, महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीले सम्बोधन गर्दै नेपाल भाषा, स्थानीय संस्कृति, सम्पदाको महत्वको चर्चा गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD