१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य सम्मानित 


प्रकाशित: सोमवार, १ कातिक २०७८, १८ः२६ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य विराट नेपालभाषा साहित्य सम्मेलन गुठीबाट सम्मानित भएको छ । 


भक्तपुरमा आयोजित ६० औं विराट नेपालभाषा साहित्य सम्मेलनमा प्रमुख शाक्य सम्मानित भएको हो । प्रमुख शाक्यको नेतृत्वमा महानगरपालिकाले कला–संस्कृति, सम्पदा र भाषामा पुराएको योगदानको उच्च कदर स्वरूप संस्थाले सम्मान गरेको साहित्य गुठीले जनाएको छ ।


सो अवसरमा नेपालभाषामा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्न सफल नेपाल भाषा केन्द्रिय बिभाग पाटनका विद्यार्थी प्रजित शाक्यलाई ‘सुरत्न पदक’ बाट सम्मानित गरेको थियो । 


त्यसैगरी नेपालभाषा बिषय लिई एस इ इ मा उत्कृष्ट अंक प्राप्त गर्ने सदीक्षा महर्जनलाई मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले पदक सहित नगद राशि प्रदान गरेका थिए ।


तस्वीरः रत्न श्रेष्ठ/रासस

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD