२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई पितृ शोक


प्रकाशित: सोमवार, १५ मंसिर २०८२, १३ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई पितृ शोक परेको छ । 


शाहका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो । 


आइतबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको थियो । अस्पताल लगिएको बेला नै उनको होस कमजोर रहेको र अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सोमबार मध्याह्न उनको निधन भएको अस्पतालले जानकारी दिएको छ ।


अस्पताल अनुसार रामनारायण शाहलाई पिसाबसम्बन्धी संक्रमण (यूटीआई) देखिएको थियो, जुन क्रमशः शरीरभरि फैलिएको थियो । 


प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेकी थिइन ।  उनले मेयर बालेन शाहलाई भेटेर रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन ।


आयुर्वेद चिकित्सक रहेको रामनारायण शाहका श्रीमती, दुई छोरा र एक छोरी छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex