१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगर खुल्ला दिशामुक्त क्षेत्र घोषणा


प्रकाशित: बुधवार, २५ भाद्र २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर मंगलवार खुल्ला दिशामुक्त महानगरको रुपमा घोषणा गरिएको छ । 


महानगरस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिद्वारा आयोजित कार्यक्रमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सो घोषणा गरेका थिए ।


समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई महानगर खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको प्रमाण पत्र प्रदान गरेका थिए ।


महानगका प्रमुख शाक्यले महानगरमा यस अघि नै आधारभूत तहको सरसफाइको मापदण्ड पूरा भएको बताउँदै यसलाई पूर्ण सरसफाइमा रुपान्तरण गर्न नागरिक सचेत हुनु पर्ने र सरकारले अघि सारेका कार्यक्रममा नागरिकसहित साझेदारको सक्रिय सहभागिता हुनुपर्ने बताए । 


काठमाडौंलाई खुल्ला दिशामुक्त महानगर घोषणा गर्न यस अघि नै मापदण्ड पूरा भइसकेको भएको समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले बताए । 


आगामी ३१ गते काठमाडौं जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिने भएको छ । 


महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने,  वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले पनि आ–आफ्ना भनाई राखेका थिए । 


कार्यक्रममा खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, महानगरका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD