१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं महानगर क्षेत्रका मतदाताहरुको त्रुटी सच्याउन ३ दिन समय तोकियो


प्रकाशित: बुधवार, १४ माघ २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर क्षेत्रका मतदाताहरुको त्रुटी, नाम हटाउन वा दावी गर्न ३ दिनको समय तोकिएको छ । 


महानगरको बुधवार बसेको बैठकले आसन्न निर्वाचनका लागि मतदाता नामावलीमा यस अघि नाम समावेश भएका मतदाताहरुको त्रुटी सच्याउने, नाम हटाउने वा दावी विरोध गर्नका लागि माघ १६, १७ , १८ गते गरी ३ दिनको समय तोकिएको हो । 


महानगरका प्रमुख एवं स्थानीय सहयोग समन्वय तथा प्रचार प्रसार समितिका संयोजक विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले यी ३ दिनमा राष्ट्रिय सभा गृहबाट नामावली अद्यावधिक गर्ने निर्णय गरेको छ  । माघ १५ गते नामावली प्रकाशन हुनेछ । सभा गृहमा सहायक नाम दर्ता अधिकारीबाट सेवा सञ्चालन हुनेछ ।


बैठकमा बोल्दै नेकपाका प्रतिनिधि निर्मल देउलाले निर्वाचन प्रक्रियामा कोही पनि मतदाना छुट्नुृ नहुने स्थानीय राजनीतिक दलको धारणा रहेको बताए । 


त्यस क्रभमा नेपाली कांग्रेसका प्रतिनिधि देवरत्व डंगोलले मतदाता नामावली संशोधन गर्ने काम राष्ट्रिय सभा गृहमा केन्द्रीत गर्नुको सट्टा वडा—वडामा पठाउनु पर्ने धारणा राखे । 


बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्ण बज्राचार्य, जनता समाजबादी पार्टीबाट दीपक कोइरालासहित राजनीति प्रतिनिधि सहभागी थिए ।


स्थानीय सहयोग समन्वय सहयोग तथा प्रचार प्रसार समितिमा स्थानीय तहका प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रकासकीय अधिकृत, स्थानीय सुरक्षा निकायका प्रमुख, स्थानीय तहमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि र सहायक नाम दर्ता अधिकारी रहने व्यवस्था छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD