काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
शुक्रवार विहान काठमाडौंमा एक कार्यक्रम विच महानगरले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।
एमाले पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा १० पेज लामो प्रतिवद्धता पत्र सार्वजनिक गरको हो ।
प्रतिवद्धता पत्र काठमाडौं महानगर प्रमुख तथा एमाले केन्द्रिय सदस्य विद्यासुन्दर शाक्य, प्रमुख अथिति श्रेष्ठ र महानगर कमिटि अध्यक्ष निर्मल देउलाले संयुक्त रुपमा सार्वजनिक गरेको छ ।
प्रतिवद्धता पत्रमा संघ र प्रदेशसँगको सहकार्यमा सम्भाव्य स्थलहरूमा उपयुक्त मनोरेल, मेट्रोरेलको रणनीति तर्जुमा गरिने उल्लेख छ ।
महानगरका सडक र चोकहरुमा स्मार्ट स्ट्रिट लाइट तथा हाइमास्ट जडान गरिने समेत प्रतिवद्धता व्यक्त गरिएको छ ।
महानगरको चुनावी प्रतिवद्धता पत्र
तस्वीर सौजन्यः मोहन वास्तोला
Categorized in स्थानिय