१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगर एप्सबाट के–के डिजिटल सुविधा लिन सकिन्छ ?


प्रकाशित: सोमवार, ८ फागुन २०७९, १८ः४० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिले सञ्चालनमा ल्याएको काठमाडौं महानगर एप्स (कएमसी एप) बाट वडावासीले सिफारिस, कर तिर्ने लगायतका सुविधारु लिन सक्नेछ ।


एप्सबाट डिजिटिल सिफारिस, जनप्रतिनिधिहरुसँग आफ्ना कुराकानी राख्न, विभागिय जानकारी लिन, महानगरको कार्यक्रहरुबारे अपडेट, वडा कार्यलयको सेवा सुविधाहरु प्राप्त गर्न सकिने छ ।


त्यसैगरी, हेल्लो मेयर, स्मार्ट कर, जनगुनासो, नागरिक वडा पत्रबारे जानकारीहरु पाउन सकिन्छ । 


एप्सबाट जीवित संगको नाता प्रमाणित सम्बन्धमा , कित्ताकाट सिफारिस, घर पाताल प्रमाणित, सरकार को नाममा बाटो कायम सिफारिस, निर्माण सम्मपन्न , चारकिल्ला सिफारिस ( एक आनादेखी दुइ आना दुइ पैसा सम्म ) सेवा लिन सकिन्छ । 

 


घर कायम , जग्गा मुल्यान्कन सम्बन्धमा , जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि सम्बन्धमा , जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि सम्बन्धमा, घर कायम सम्बन्धमा, घर बाटो प्रमाणित (गोरेटो बाटो र बाटो नभएको समेत), घर बाटो प्रमाणित (सहायक पिच सडक अन्तर्गत) का सेवाहरु पाउन सकिन्छ । 


त्यसैगरी, घर बाटो प्रमाणित (मूल सडक अन्तर्गत) ,चारकिल्ला सिफारिस (दुइ आना दुइपैसा देखि पाँच आना सम्म) ,बिधुत जडान सिफारिस (नक्सा पास नभएको) , बैंक खाता बन्द गर्ने सिफारिस ९ मृत्यू भएको अबस्थामा , बैंक खाता बन्द गर्ने सिफारिस (बसाईंसरि), अदालत सुल्क मिनाह सिफारिस , (नामथर) जन्ममिति संसोधन सिफारिसहरु प्राप्त गर्न सकिने महानगरपालिकाले जनाएको छ । 


अहिले यो सेवा कामपा १५, १७, १८ र ५ वडामा सुरु गरिएको छ । 


यो सेवा कसरी लिन सकिन्छ वडा नं. १५ का एक सेवाग्राहीको उदाहारण लिन सकिन्छ ।


सेवाग्राही रञ्जितलेको घर बाटो शिफारिस मोवाइलबाटै प्राप्त गरेका छन उनले केएमसी एपको प्रयोग गरेर शिफारिसका लागि निवेदन दिएपछि महानगरको एकीकृत विद्युतीय शासन सम्बन्धी प्रणालीमा रञ्जितको विवरण प्राप्त भएपछि वडा सचिव शुशिल सुवेदीले रुजु गरेर डिजिटल सिग्नेचरबाट प्रमाणीकरण गरे ।


यो विवरण वडाध्यक्ष ईश्वरमान डंगोले डिजिटल सिग्नेचरसहित प्रमाणीकरण गरेपछि प्रमाणा पत्र रञ्जितको मोवाइलमा गयो । 


यो प्रमाण पत्र प्राप्त गरेपछि रञ्जित महानगरको फेसलेस सेवाको लाभ प्राप्त गर्ने पहिलो लाभग्राही भए । 


एकीकृत विद्युतीय शासन प्रणालीका विकासकर्ता स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईकाअनुसार वडा तहबाट प्रवाह गर्नु पर्ने ८८ प्रकारका सेवामध्ये ४५ प्रकारका शिफारिस सेवालाई प्रणालीमा प्रविष्ट गराइसकिएको छ । 


एप्स डाउनलोड गर्ने तरिका


१) आफ्नो मोवाईलको एप स्टोरबाट वा क्यूआर कोड स्कयान गरी आधिकारिक मोवाईल एप्स डाउनलोड गर्ने ।


२) एप्समा दर्ता भएको छैन भने आफ्नो विवरण भरी एप्समा लगइन गर्ने ।


३) एप्समा भएको सेवा सुविधाहरु अवलोकन गर्ने ।


४) आफूले लिने सेवा अप्सनमा क्लिक गर्ने र त्रुटीरहित विवरण भर्ने ।


५) आफ्नो प्राप्त आवदेनहरु गृहपृष्ठको आवेदन वटन क्लिक गरी हेर्न सकिन्छ । 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD