५ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौं महानगर अपेडटः एक लाख ४५ हजार ३६२ मत गनिसक्दा को कतिले अघि ?


प्रकाशित: मंगलवार, १० जेठ २०७९, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो अपडेट सार्वजनिक गरिएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले मंगलवार विहान ८ः०० बजेको अपडेट अनुसार १ लाख ४५ हजार ३६२ मत गणना भईसकेको छ ।


मतगणना अनुसार नेकपा एमाले उम्मेदवार केशव स्थापितले २९ हजार २८४ मत पाएका छन भने नेपाली कांग्रेसका सिर्जना सिंहले ३० हजार ६९ मत पाएका छन ।


स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले ४९ हजार ३५८ मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ५३२ मत पाएका छन । 


त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ५२ हजार ८०९ मत पाएकी छिन भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले १७ हजार ५८४ मत पाएका छन । राप्रपाकी विनिता मगैयाले ९ हजार १६१ मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले ८ हजार ९१७ मत पाएकी छिन ।


यो मतपरिणाम वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम  हो ।

 
अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना सम्पन्न भईसकेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex