१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरवाट ४५ सय बढीलाई निःशुल्क एम्बुलेन्स सेवा 


प्रकाशित: आईतवार, ३२ जेठ २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा ४ हजार पाँचसयलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । 


महानगरको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउको २ महिना अवधिभरीमा उक्त सेवा प्रदान गरेको हो । 


महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि महानगरपालिकाले सुरु गरेको निशुल्क एम्बुलेन्सले लकडाउन अवधीभरमा  एकतर्फी करीब तीन हजार र दुईतर्फी करीब ४ हजार पाँच सयलाई सेवा दिएको हो ।


काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका यस्ता विरामीहरुलाई महानगरबासीहरुलाई २४ सै घण्टा आकस्मिक निशुल्क एम्बुलेन्स सेवा दिने उदेश्यले सो सेवा सुरु गरेको वताए । 


‘आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएका हौँ,’ प्रमुख शाक्यले भने ।


काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई यातायातको सुविधा उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए हटलाइन नम्वर ११८० मा सम्र्पक गर्न पनि आग्रह गरेको थियो । सो हटलाइनमा  लकडाउन अवधीभर ६ हजार बढीले सम्पर्क गरेका थिए ।  


एम्बुलेन्स चालक संघ, नेपाल  (काठमाडौं जिल्ला कार्य समिति) आर्थिक सहयोग गरी काठमाडौँ महानगरपालिकाले लकडाउन अवधीभर निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो ।  


एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले पनि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पाँच ओटा एम्बुलेन्सले मुख्य गरेर महानगरपालिका क्षेत्र भित्रका विरामीलाई बढी प्राथमिकता सहित सेवा प्रदान गरेको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD