२७ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरले ‘सिप मेला–२०८१’ आयोजना गर्ने


प्रकाशित: शनिवार, १ बैशाख २०८१, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वेरोजगार युवाहरुको लागि बैशाखमा सिप मेला आयोजना गर्ने भएको छ । 


महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले बेशाख १९ (अन्तराष्ट्रिय मे दिवस) को अवसरमा सिप मेलाको आयोजना गर्ने बताएका हुन । 


‘सिप विकासलाई थप आकर्षित र अभियानको रूपमा अगाडि बनाउन नयाँ बर्ष २०८१ बैशाख १९ गते अर्थात मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनबाट २०८१ जना बेरोजगार युवाहरुका लागि सिप मेला आयोजना गर्दैछौँ ।’ उनले भने । 


उनले बेरोजगारलाई  रोजगार तथा स्वरोजगार बनाउने, सडकमा व्यापार गरेर जीविकोपार्जन गर्नु पर्ने वाध्यतामा रहेकाहरुलाई तालिमबाट उद्यमतिर प्रोत्साहन गर्ने मेलाको उद्देश्य हुने जानकारी दिए ।  


सो मेलामा सहभागी हुनेहरुमा महानगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने महानगरबासीहरू, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, अपाङ्गता भएका व्यक्ति र हिजोका दिनमा गैर कानुनी रुपमा फुटपाथ/सडकरठेलामा ब्यापार व्यवसाय गरेका व्यक्तिहरु प्राथमिक लक्षित वर्ग हुने छन । 


तालिममा सहभागी हुनका लागि तलको लिंकमा क्लिक गरी तोकिएका कागजात र विवरण अपलोड गरी २०८१ बैशाख १५ भित्र आवेदन दिन सकिने छ । 


महानगरले १५००० जना बेरोजगार युवाहरुलाई सिपपमूलक तालिम प्रदान गर्ने र तालिम पाएकाहरुमध्ये कम्तीमा ५००० जनालाई रोजगार÷स्वरोजगार बनाउने उदेश्य अनुरुप काम गरिरहेको पनि प्रमुख बालेनले बताए । 


आवेदनका लागि लिंक : https://forms.gle/48pixnsTk2hSrpWt8
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD