१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरले ‘साथी महानगर’ कार्यक्रम सञ्चालन गर्ने


प्रकाशित: बुधवार, २४ साउन २०८०, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले महानगरका एक सय बर्ष पुरा भएका जेष्ठ नागरिकको लागि ‘साथी महानगर’ स्वर्णीम कार्यक्रम सञ्चालन गर्ने भएको छ । 


महानगरले सो कार्यक्रम सञ्चालनको लागि लागत संकलन कार्य सुरु गर्न सबै वडालाई पत्राचार गरेको यस कार्यक्रमको फोकल पर्सन रेखा उपाध्यायले जानकारी दिइन ।


विवरण संकलनको लागि वडाहरुलाई ५ दिनको समय दिएको छ । यस कार्यक्रमको लागि लाग संकलन भएपछि उनीहरुलाई के कस्तो सुविधा वा महानगर सेवा दिने भन्ने विषयमा निर्णय हुने उनले बताईन । 


चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आउने काठमाडौँ महानगरपालिकाका महानगर गौरव र स्वर्णिम योजना सञ्चालन सहजीकरणका लागि ‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार गरिसकेको छ । 


कार्यदलका संयोजक एवम एकाईका प्रमुख नरेन्द्र विलास बज्राचार्यसहित सदस्यहरुको टोलीले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई कार्यविधिको मस्यौदा समेत बुुझाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD