२३ बैशाख २०८१, आइतबार
Header

काठमाडौं महानगरले ‘जब पोर्टल’ मार्फतबाट पनि रोजगारी दिने


प्रकाशित: आइतवार, २१ असोज २०८०, २१ः०० बजे 
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले स्वर्णीम योजना अन्तर्गत रोजगारी दिने उद्देश्यले ‘जब पोर्टल’ सञ्चालन गर्ने भएको छ । 


महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले आईतवार एक सार्वजनिक अपिल गरी महानगरको स्वर्णीम योजनामा सुचिकृत भएकाहरुलाई रोजगारी प्रदान गरी आम्दानीमा बृद्धी गरी काठमाडौंको समृद्धि ल्याउने बताएका छन । 


‘हरेक बर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नया रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना ल्याइएको हो,’ उनले भने,‘ महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र  रोजगारदाताहरू लाइ सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित  श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याइएको हो ।’


महानगर ले तयार गरेको ‘जब पोर्टल’ र सबै सेवाका लागि निर्मित handyman जस्तै  श्रम बैंक एप को open api हाल  संचालन मा रहेका  अन्य निजि कम्पनिका सोहि प्रकृतिका एप हरु लाइ निशुल्क उपलब्ध गराइने उनले बताए ।


श्रम बैंकमा महानगर का स्थायी बासिन्दा ,महानगर का करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिक हरु श्रम बैंक मा आबद्द हुन सक्ने प्रमुख साहले बताए । 


श्रम बैंक मा आबद्ध जनशक्तिलाई महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन गर्ने भएको छ । 


त्यसैगरी, महानगर ‘जव पोर्टल’मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था , प्राइभेट कम्पनि, संघ संस्था, अन्तरास्ट्रिय संघ संस्था हरुमा आवद्ध गराईनेछ । 


महानगरको श्रम बैंक एप मार्फत पार्ट टाइम जब’को रुपमा सबै सेवा हरु घण्टाका आधारमा तथा पटके का रुपमा जुन सुकै काम हरु गर्न मिल्ने व्यवस्था मिलाइने छ ।

 
कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य विमा पनि गरिने प्रमुुख साहले उल्लेख गरेका छन । 


त्यसैगरी, गौरब को योजना मार्फत विभिन्न १५ स्थान हरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टर को स्थापना गरि बाह्रै महिना बिहान देखि साँझ सम्म रेगुलर तालिम संचालन गरिने उनले बताए । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD