४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं महानगरले ८ सय रोपनी सार्वजनिक जग्गा संरक्षण गरेकोे छ– प्रमुख शाक्य


प्रकाशित: बुधवार, १७ कातिक २०७८, १७ः३० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरले अहिले सम्म ८ सय रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको बताएका छन । 


बुधवार कामवा वडा ३१ स्थित जागृतिनगरमा बाल उद्यान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । प्रमुख शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करीव ८ सय रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको बताए । 


प्रमुख शाक्यले भने, ‘हामी निर्वाचित भएर आएदेखि जे निर्णय ग¥यौँ । ती सबै सामुहिक धारणा निर्माण गरेर निर्णय ग¥यौँ । त्यसकारण हामीले लिएका नीति र कार्यक्रम सबै कार्यान्वयन योग्य छन् । सबै कार्यान्वयनमा गएका छन ।’


भित्री वडा र बाहिरी वडाको विकास तथा व्यवस्थापनका लागि छुट्टाछुट्टै योजना रहेको प्रमुख शाक्यले सुनाए । बस्ती तथा संरचनागत अवस्थितिका आधारमा हामीले भित्री र बाहिरी गरी सहरलाई दुई क्षेत्रमा छुट््याउनु परेको हो । 


‘व्यक्तिले प्रयोग गरुञ्जेल स्वामित्व हुनेले पनि खुुल्ला बनाउन प्रयास नगर्ने, जब हामी अतिक्रमित जग्गालाई खुल्ला बनाउँछौँ । त्यसपछि स्वामित्व दावी गर्नेहरु आउन थाल्छन । यो अभ्यासलाई हामीले कसरी बुझ्ने?’ प्रमुख शाक्यले भने । 


सो अवसरमा वडाध्यक्ष नारायण भण्डारीले सार्वजनिक जग्गा संरक्षणसहित गएको साढे ४ बर्षमा आफूहरुले गरेका कामको विवरण पुस्तक प्रकाशन गरेर घरघरमा पु¥याउने प्रयासमा गरेको बताए । वडामा ३१ रोपनी सार्वजनिक जग्गा संरक्षण गरिसको पनि सुनाए । 


अवसरमा प्रदेश सभा सदस्य राजेन्द्र गुरुङ्, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नारायण भण्डारीसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।


बागमती नदी किनारामा रहेको करीव ६ रोपनी जग्गामध्ये वरिपरि सडकलाई छोडेर बाँकी रहेको करीव ५ रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुँदैछ । जलपा निर्माण सेवाले ७७ लाख २२ हजार ८१३ रुपैयाँमा यसको निर्माण गर्दैछ ।


गएको भदौ २२ गते निर्माण पक्षसँग महानगरले सम्झौता गरेको थियो । असोज १२ गते कार्यादेश दिइएको योजना यही बर्षको फागुन मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika