१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौं महानगरले ८ वटा आकाशे पुलको प्रचार सामग्री हटायो


प्रकाशित: बुधवार, २२ बैशाख २०७८, १८ः२० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले निषेधाज्ञाका विच आठ वटा आकाशे पुलको प्रचार सामग्री हटाएको छ । 


महानगरले रत्नपार्क, भोटाहिटी, दरवारमार्ग लगायतका आकाशेपुलमा टांगिएका विभिन्न विज्ञापनयुक्त प्रचार सामग्रीहरु हटाएको नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले बताए । 


नगर प्रहरी प्रमुख सापकोटाका अनुसार प्रचार सामग्री हटाउनको लागि केही कठिन भएपनि अप्ठेरो भएको ठाउँमा रग पोतेर प्रचार सामग्री छोपिदिएको छ । 


सम्झौता गर्ने पक्षले सम्झौता बमोजिम राजस्व नतिरेपछि महानगरले ती सबै प्रचारसामग्रीहरु हटाएको हो ।  


त्यसैगरी महानगरका प्रहरी अहिले विकास साझेदारले सडकमा छोडेका अनधिकृत निर्माण सामाग्री तथा प्रचार सामाग्री हटाउन थालेको छ । 


कलंकीदेखि त्रिपुरेश्वरको मुल सडक, सुन्धारा, नयाँ सडक, भोटाहिटी, जमल, कान्तिपथ, दरबार मार्ग, कमलादी, पुतलीसडकको सामाग्री हटाइएको छ । 


सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र किनाराको सफाइलगायत काम गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD