६ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरले ३ दिन महानगर दिवश मनाउँदै, जेष्ठ नागरिकलाई निमोनिया खोप दिने


प्रकाशित: मंगलवार, २१ मंसिर २०७८, १५ः२० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ३ दिन महानगर दिवश मनाउने भएको छ । 


महानगरले २७ औं महानगर दिवशको अवसरमा जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, सेवाग्राही सर्वेक्षण विशेष सरसफाई, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित मनाउने भएको छ । 


मंसिर २७, २८ र २९ दिवश मनाउने महानगर दिवस मुल समारोह समितिका अध्यक्ष विद्यासुन्दर शाक्यले बताएका छन । 


दिवशको अवसरमा ४० वटा वुथबाट सर्वेक्षण गरिनेछ । यसमा सहभागी हुनेहरुलाई निःशुल्क १० वटा मास्क दिइनेछ । यसैगरी १० वटा वुथबाट कोविडविरुद्धको खोप सञ्चालन गरिनेछ । 


यसैगरी विद्यालय स्तरमा ‘सांस्कृतिक सहर, काठमाडौँ महानगर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता हुनेछ । ३ दिने कार्यक्रमको अन्तिम दिन २९ गते बसन्तपुरमा मुल समारोह आयोजना हुनेछ ।


त्यस दिन परम्परागत बाजा गुरु, कलाकार सम्मान, सुशासन पत्रकारिता पुरस्कार, कर्मचारीलाई पदक तथा अन्य क्षेत्रगत पुरस्कारहरु वितरण गरिने छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD