५ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौं महानगरले ३ दिन के– के गरेर २७ औ महानगर दिवश मनाउँदै छ त ?


प्रकाशित: आईतवार, २६ मंसिर २०७८, १४ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरले ३ दिन विभिन्न कार्यक्रमका साथ २७ औं महानगर दिवश मनाउने तयारी गरेको छ । 


आईतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरी महानगरले यो पटकको महानगर दिवश महानगरवासी विच भव्यका साथ मनाउने बताएको छ । 


मंसिर २७, २८ र २९ गते मनाईन यस दिवशमा महानगरवासीहरुको स्थानीय सरकार र सहरी सेवा सुविधाबारे राय लिन महानगरका ४० स्थानमा सर्वेक्षण बुथ राखिने भएको छ । 


काठमाडौं बागबजार, रत्नपार्क, राष्ट्रिय सभागृह, पुतलीसडक, मैतीदेवी, ज्ञानेश्वर, रातोपुल, बौद्ध, चावहिल, पशुपति क्षेत्र, बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रहरुमा राखिने सर्वेक्षण बुथमा सहभागी हुनेहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरीनेछ । 


महानर प्रवक्ता तथा कामपा १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले २७ गते विहान ८ः३० बजे दशरथ रंगशालामा मेयर भर्सेस र प्रशासनिक कर्मचारी विच मैत्रीपूर्ण फूटवल हुने, २७ र २८ बृहत स्वास्थ्य परीक्षण गरी गते कोभिड परिक्षण एंव खोप दिईने, जेष्ठ नागरिकहरुलाई मंसिर २९ गते विहान बसन्तपुरमा निःशुल्क निमोनिया खोप प्रदान गरिने जानकारी दिए । 


त्यसैगरी सम्पदा क्षेत्रमा सरसफाई, २७ र २८ गते ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ विषमा वक्तृत्व कला र निबन्ध प्रतियोगीता गरिने भएको छ । 


मंसिर २९ गते बसन्तपुरमा एघार बजे विशेष कार्यक्रमका र सम्मानका साथ परम्परा गतबाजा गुरुहरु र इन्द्रजात्राका अवसरमा निकालिने पुलिकीसि, दीप्याख, लाखे, आकाश भैरव र श्री करुणामय पँय्ताः बाजाका गुरुलाईलाई रु ३० हजार नगदसहित सम्मान पत्र प्रदान गरिने छ । 


सो अवसरमा पाँच वटा वडालाई उत्कृष्ट वडाको रुपमा घोषणा गर्ने र सम्मान गरिने, उत्कृष्ट दुई जना जनप्रतिनिधि र दुई जना कर्मचारीलाई ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार’ प्रदान गरिने छ भने ५ जना जनप्रतिनिधि र पाँच जना कर्मचारीलाई एक लाख राशीको ‘स्थानीय सेवा गौरब पदकबाट सम्मान गरिने कार्यक्रम रहेको छ । 


त्यसैगरी करास सेवामा कार्यरत ५ जना कर्मचारीलाई पनि २५ हजार नगदसहित सम्मान गरिने भएको छ । कार्यक्रममा नियमित करदाता तथा सबैभन्दा बढि कर तिर्ने करदातालाई सम्मान गरिने छ । 


पत्रकारिताको माध्यमबाट महानगरपालिकाको गतिविधिलाई नियमित रुपमा प्रकाशन तथा प्रशारन गर्ने १० जना पत्रकारहरुलाई पनि नगदसहित सम्मान गरिने छ । 


सो अवसरमा प्रवक्ता डंगोलले महानगरले अहिले सम्म गरेका विकासका कार्यहरु बारे पनि पढेर सुनाएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex