२० बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरले २ वटा औषधी पसलमामा गरे शिलबन्दी


प्रकाशित: बुधवार, ४ पुस २०८०, १८ः१० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले दुई वटा औषधी पसलमा ताला लगाई शिलबन्दी गरेको छ । 


बुधवार अनुगमनको क्रममा वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर, वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हलमा शिलबन्दी गरेको हो । 


स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकोले फार्मेसीमा शिलबन्दी गर्नु परेको हो ।  

 
त्यसैगरी, वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारका लागि १५ दिन समय दिइएको महानगरले जनाएको । 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD