१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौं महानगरले १८ बर्ष माथिकालाई ३ दिने खोप कार्यक्रम संचालन गर्ने


प्रकाशित: बुधवार, २० असोज २०७८, १९ः५० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोविड विरुद्धको पहिलो डोज खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । 


महानगरले असोज २२ गतेदेखि  २४ गते अपरान्हसम्म महानगरका ३२ वटै वडाबाट खोप दिईने जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । 


उनले भने ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ बर्ष माथिका सबैका लागि ३ दिने खोप कार्यक्रम चलाउन लागेका हौँ ।’


कुँवरकाअनुसार खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जान आग्रह गरेका छन । महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुति तथगा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लिन सकिनेछ ।


vaccine.mohp.gov.np बाट विद्युतीय नाम दर्ता गराउन सकिन्छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD