२७ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरले १५ वडाबाट सुरु गरयो मेयर निःशुल्क स्वास्थ्य परिक्षण


प्रकाशित: शनिवार, ३० चैत २०७५, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कामपा १५ वडा बाट मेयर निःशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरेको छ । 


शनिबारबाट नमूनाका रुपमा शुरु गरिएको यो कार्यक्रम सामुदायिक स्वास्थ्य सेवा परिषद्मा सञ्चालन हुनेछ । 


यस कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भत्ता लिने सबै जेष्ठ नागरिकलाई सबै प्रकारका रोगको परीक्षण निःशुल्क गरिनेछ  । 


मेयर निःशुल्क स्वास्थ्य परीक्षण परिचय पत्र लिएका जेष्ठ नगारिकले निःशुल्क उपचासँगै औषधीमा २० प्रतिशत छुट पनि दिईने छ । 


महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले परिषदका अध्यक्ष हरिगोपाल श्रेष्ठलाई मासिक एक लाखका दरले हुन आउने बार्षिक एकमुष्ट बाह्र लाख रुपैयाँको चेक हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन । 


नयाँ बर्षको अवसरमा पारेर १५ वडाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा औपचारिक रुपमा सुरु गरेको यस कार्यक्रमलाई प्रर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गरेका थिए । 


उनले अब नागरिकले अनुभूति गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउन स्थानीय सरकार प्रतिवद्ध हुने बिश्वाश व्यक्त गरे । 


महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौं महानगरले सहरी समृद्धिका लागि योजना तयार बताउँदै यदी नागरिकलाई महानगरले यो काम गरिदिए हुन्थ्यो भन्ने लाग्छ भने योजना प्रस्ताव गर्न आव्हान समेत गरेका छन । 


सो कार्यक्रममा काठमाडौं क्षेत्र नं. ८ का संसद जीवनराम श्रेष्ठ, नेकपाकी प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, वडाध्इक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोल र वडा सदस्य आनन्द गौत्तम आ–आफ्नो धारणा राखेका थिए । 


सो कार्यक्रममा सुनगाभा (बौद्धिक अपाङ्गता)  महिला व्यवसायिक केन्द्रलाई बाल संरक्षणका क्षेत्रमा पु¥याएको योगदान स्वरुप कदर गरिएको थियो भने जन्मजात श्रवण एवं बाकशक्तिबिहिन इनिमा महर्जनलाई फोटोग्राफी क्षेत्रमा उत्प्रेरणा दिन सम्मान गरिएको थियो । 


त्यस्तै स्वयम्भू क्षेत्रको नियमित सरसफाइका लागि स्थानीय गैरसरकारी संस्थासँग सम्झौता गरिएको थियो । त्यस्तै वडाबाट उद्यमशीलता सम्बन्धी तालिम पाएका महिलाहरुले उत्पादन गरेका सामाग्री बिक्रीका लागि राखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD